टोकियो । जापानभर सोमवार थप २८७ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार सेप्टेम्वर २८ तारिख टोकियोमा ७८ जनासहित जापानमा २८७ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण सेप्टेम्वर २८ तारिखसम्म आन्तरिक र बाह्य गरि ८२ हजार ४६९ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये ७४ हजार ९९० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १,५६१ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया