मनास्लु वल्र्ड कलेजको ब्रान्ड एम्बेसेडरमा पूर्व कप्तान थापा नियुक्त

मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ ।

एक वर्षको लागि गरिएको सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा सागरले मंगलबार हस्ताक्षर गरेका छन् । कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागरलाई ब्रान्ड एम्बासडर बनाएको बताए ।

पूर्व कप्तान सागरले सहकार्यको अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नु पर्छ त्यसका लागि सक्दो सहयोग गर्न आफु तयार रहेको बताए ।

भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिपअनतर्गत समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेश विरुद्ध खेलको अन्तिम समयमा फ्रिकिक मार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्च पाएको थिए । यद्दपी खेल मिलेमतोमा सागरलाई एएफसीले आजिबन प्रतिबन्ध लगाएको छ ।

देश भित्र राज्यविरुद्धको अपराधमा भने सागरसहित अन्य खेलाडीलाई सर्वोच्च अदालतले केहि साता अघि सफाई दिएको थियो । यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया