नागोया । चक्कु बोकेर हिँडेको कारण जापानको गिफुकेनमा २३ वर्षिय एक नेपाली युवा पक्राउ परेका छन् । सोमबार सेप्टेम्बर २८ तारिख बिहान चक्कु बोकेर हिँडेको अवस्थामा स्थानियहरुले प्रहरीलाई खबर गरेपछि उनलाई तरबार तथा बारुदी हतियार कानुन् उल्लंघन गरेको अभियोगमा पक्राउ गरिएको हो । गिफु सिन्बुनको समाचारमा उल्लेख भएअनुसार उनले बिना कारण ६ सेन्टिमिटर लामो चक्कु बोकेर हिडेका थिए ।
वास्तवमा उनले कुनै काम विशेषले एक ठाउँबाट अर्को ठाउँसम्म लैजाने उदेश्यले बोकेका थिए या नियतवस बोकेर हिँडेका थिए भन्नेबारे भने समाचारहरुमा केहि पनि खुलाईएको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया