जापानले सबै नागरिकलाई निःशुल्क कोभिड-१९ प्रतिरोधात्मक खोप उपलब्ध गराउने

जापान । जापान सरकारले आफ्ना सबै नागरिकहरुलाई निःशुल्क रुपमा कोरोना भाइरस कोभिड १९ प्रतिरोधक खोप उपलब्ध गराउने निर्णय गरेको छ । जापान सरकारले मुलुकभित्र तथा विदेशमा विकास भइरहेको खोप आफ्ना सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जापिानी समाचारहरुमा उल्लेख छ ।
उक्त खोपका लागि सरकारले ६ खर्ब ७० अर्ब येन भन्दा धेरै बजेट छ्ट्याएको छ । स्वास्थ्य,श्रम तथा कल्याण मन्त्रालयले आगामी साता निःशुल्क नीतिको घोषणा गर्ने सरकारी अधिकारीहरुले खुलासा गरेको छन् ।
हाल अमेरिका र बेलायतमा खोप निर्माणको काम अघि बढिरहेको छ भने जापान सरकारले फर्मा कम्पनीहरु फाइजर र अस्त्रजेनेकासँग खोपका लागि आधारभूत सम्झौता पनि गरिसकेको जनाएको छ । जापानले सबै नागरिकहरुलाई निःशुल्क रुपमा कोरोना भाइरस प्रतिरोधात्मक खोप उपलब्ध गराउने निर्णय सेप्टेम्वर ८ तारिख मन्त्रीपरिषद्मा निर्णय गराएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया