नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १२ हजार ४ सय ४४ लाई पीसिआर गर्दा एक हजार ९ सय ११ मा संक्रमण देखिएको बताएका हुन् । काठमाडौंमा ८ सय १७, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै देशभर संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको हो ।

हाल संक्रिय संक्रमित संख्या २१ हजार ८ सय ३० रहेको छ । पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । क्वारेन्टाइनमा ५ हजार ७७ जना रहेका छन् ।

बिहीबार थप ९ सय ६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३ सयउ ८९ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २ सय २० र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया