जापान । गैरआवासीय नेपाली संघले आर्थिक अनुशासनलाई कडाईका साथ पालना गर्न संघका राष्ट्रिय समितिहरुलाई निर्देशन दिएको छ ।
गैरआवासीय नेपाली संघको शुक्रवार बसेको पदाधिकारी बैठकले संघका ८३ देशमा रहेका शाखाहरुको आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न महत्वपूर्ण निर्णय गरेको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय समितिहरुमा अनिवार्य रुपमा एक स्वतन्त्र लेखा समिति गर्न निर्देशन दिएको छ । बैठकले हरेक राष्ट्रिय समितिले अनिवार्य रुपमा एक आर्थिक प्रशासन निमावली वनाई कडाईका साथ पालन गर्नुपर्ने छ । संघले हरेक ४ महिनामा आर्थिक विवरण संघमा पेश गर्न राष्ट्रिय समितिलाई निर्देशन समेत दिएको छ ।
जापानको आर्थिक विवाद छानविन गर्न आरसी श्रेष्ठको संयोजकत्वमा समिति गठन
यस्तै गैरआवासीय नेपाली संघले गत महिना संघ जापानको साधारणसभामा भएको विवादको बारेमा छानविन गर्न क्षेत्रीय संयोजक रोविन्द्र श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया