बसन्त र सुस्मिताको‘एक्लो सिमल’ नयाँ गीत सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गीतमा पछिल्लो समयका चर्चित गायक तथा संगीतकार बसन्त थापा र पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको कर्णप्रिय स्वरमा सजिएको बहु प्रतिक्षीत गीत ‘एक्लो सिमल’ बजारमा आएको छ ।
सर्जक तथा सङ्गीतकार वसन्त थापाको सङ्गीत, नवराज पन्तको शब्द र तारानाथ आचार्यको एरेञ्ज रहेको सो गीतमा सुस्मीता भण्डारी र समीर मल्लले अभिनय गरेका छन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।
विनोद खड्काको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको उक्त गीतमा सङ्गीतकार वसन्त थापाकै निर्देशन रहेको छ । गीत बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रवाद खिचिएको हो।गीतलाई वसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया