जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले सहभागी हुनसक्नु हुनेछ । रक्तदान कार्यक्रम अक्टोबर १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुने संयोजक संगिता अधिकारीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमको लागि संयोजक संगिता अधिकारी तथा सदस्य जिबन गुरूङ र अन्जु भण्डारीलाई संयोजनको जिम्मा दिएको छ ।
रक्तदान कार्यक्रम

फेसबुकबाट तपाइको प्रतिक्रिया