एनआरएनए जापानका अध्यक्ष भण्डारीसहित ४ जना नेपालीलाई कोरोना संक्रमण

टोकियो । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सामान्य टाउको दुख्नुका साथै शरिरमा केहि अस्वस्थता भएपछि बिहिबार ८ तारिख खानागावा अस्पतालमा परिक्षणका लागि पुग्नुभएका उहाँलाई कोरोना परिक्षण गराउँदा संक्रमण देखिएको हो । चिकित्सकको परामर्श अनुसार आजैबाट खानागावाकै एक होटलको आईसोलेसनमा बसेको बताउनु भयो । साथै आफ्नो पिसिआर रिपोर्ट पोजिटिभ आएकाले पछिल्ला केहिदिन यता सबै व्यक्तिहरुलाई सतर्कता अप्नाएर केहि शंक्का लागेमा तुरुन्त कोरोना परिक्षण गराउनका लागि अनुरोध पनि गर्नुभएको छ । सपरिवार जापानमा रहँदै आउनुभएका भण्डारीको परिवारका अन्य सदस्यहरुमा संक्रमणको कुनै लक्षण देखिएको छैन ।
निरन्तर सामाजिक काममै व्यस्त भण्डारी बिरामीलाई सहयोग गर्न हस्पिटलमा जानेक्रममा नै संक्रमित भएको अनुमान गरिएको जानकारी दिनुभयो । केहिदिन यथा सम्कर्कमा आएका सबै व्यक्तिहरुलाई सतर्कता अपनाएर केहि शंक्का लागेमा तुरुन्त कोरोना परिक्षण गराउनका लागि फोन सम्पर्कमा अध्यक्ष भण्डारीले अनुरोध गर्नुभयो ।
पछिल्लो समय ब्यस्त एनआरएनए जापानका अध्यक्ष भण्डारी,खानागावा नेपाली कम्युनिटीका सचिव यमकान्त कँडेलसहित ४ जना नेपालीमा कोरोना संक्रमण भएको बुझिएको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार खानागावामा २ जना र २ जना नेपालवाट आएकालाई संक्रमण भएको बुझ्नमा आएको बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया