टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समिति बिना जानकारी गठन गरेको भन्दै ध्यानाकर्षण गरेका छन् ।
छानबिन समितिका संयोजक एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले आँफैलाई थाहै नदिई आफ्नै संयोजकत्वमा छानबिन समिति गठन गरेको कुरामा गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती निकालेका हुन ।
एनआरएनए जापानको विगतदेखि नै आर्थिक अनियमितता भएको वर्तमान कार्यसमितीका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बाहिर सार्वजनिक भएपछि अनियमितता प्रकरण छानविनका लागि एनआरएनए आईसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ तथा एसिया प्यासेफिक क्षेत्रिय संयोजक गोबिन्द श्रेष्ठको संयोजन तथा प्रत्यक्ष निगरानीमा एक अधिकार सम्पन्न स्वतन्त्र छानबिन समिति गठन गरिएको भनिएता पनि उक्त गठित छानबिन समितिका संयोजक एनआरएनए जापानका संस्थापक अध्यक्ष प्रधानाङ्गले आँफैलाई थाहै नदिई आफ्नै संयोजकत्वमा छानबिन समिति गठन गरेको कुरामा गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती निकालेका छन् ।
प्रधानाङ्गको विज्ञप्तीमा यस्तो छ पूर्ण पाठ


फेसबुकबाट तपाइको प्रतिक्रिया