रामेछाप,कैलाश खत्री । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीको तल्लो नदि तटिय क्षेत्रमा एउटा गाउँ छ । जसको नाम हो गाईखुरा । सदरमुकाम मन्थलीबाट तामाकोसी पारी २ नं क्षेत्र जोड्ने पक्की मोटरेवल पुल जोडिएको गाउँ पनि हो गाईखुरा । यो गाईखुरा गाउँ कसरी नामाकरण भयो भन्ने आ-आफ्नै दृष्ट्रिकोण र काहावत रहेको छ । तामाकोसी नदिकाे तटिय क्षेत्रमा कडा चट्टानमा गाईको खुर अर्थात गाईको खुट्टाको (छाप) प्रष्ट देखिने शिला रहेको छ । त्यति महत्वपुर्ण ठाउँ भएपनि आवश्यक प्रचार- प्रसार हुन नसक्दा ओझेलमा परिरहेको छ ।
भुगाेल (जोग्राफी )विषयका विद्यार्थी समेत रहनुभएका रामेछापका पूर्व सांसद एवं नेकपा केन्द्रिय सदस्य देवशंकर पौडेलले जिल्ला स्थित सरोकारवालाहरुलाई समन्वय गरि त्यस ठाउँको चिनारीलाई अगाडि बढाउन गाईखुरा शिलासम्म पुग्ने कच्ची पैदलमार्ग बनाउने कामको संयोज गर्नुभएको हाे। असोज २१ गते बुधबार गाईखुरा र जखिनटार क्षेत्रका स्थानीयहरुले गल गैचीँले गोरेटो बाटो बनाएका हुन् । त्यो ठाउँको आवश्यक प्रचार- प्रसार हुने हो भने पर्यटक तथा इतिहासका अध्यताहरुका लागि समेत महत्वपुर्ण गन्तव्य हुनसक्ने पूर्व सांसद पौडेल बताउनुहुन्छ । बाटो बनाउने अभियानका लागि वाग्मती प्रदेशका सांसद शान्ति प्रसाद पौडेल , जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , उप-प्रमुख दिपा पाख्रीन , नेकपा रामेछापका नेता लव श्रेष्ठ र बुद्धि बहादुर कार्की , लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल , जिल्ला समन्वय समितिका सदस्य गणेश माझी ,मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडाध्यक्ष राजकुमार श्रेष्ठ , सदस्य कुमार ढुंगेल लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले गाईखुराकोे वृहत विकासका लागि आआफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। त्यस स्थानलाई देव स्थल तथा दर्शनी स्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँहरुको जोड छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया