फोरेक्स रेमिटको उपहार योजना दशैं,तिहार र छठको “उत्सव उमँग”घोषणा

टोकियो । जापानबाट नेपाल लगाएत विभिन्न देशमा रेमिट्यान्स कारोबार गर्दै आएको फोरेक्स रेमिटको दशैं,तिहार र छठको अवसरमा उत्सव उमँग उपहार योजना घोषणा गरेको छ ।
फोरेक्स रेमिटको शिनओकूबो कार्यालयमा सोमवार पत्रकार सम्मेलन गरि दशैं,तिहार र छठको बिशेष उपहार योजना सार्वजनिक गरेको हो । फोरेक्स रेमिट्यान्स जापानबाट नेपाल पैसा पठाउने ग्राहकहरुले स्मार्ट वाच, एप्पल एयरड्रप र एप्पल म्याकबुक प्रोसम्म उपहार मार्फत पाउन सक्ने जनाएको छ ।
उपहार योजना अक्टोबर १७ तारिखबाट सुरु भई नोभेम्बर २० तारिखसम्म लागू हुने फोरेक्स रेमिट जापानका बजार ब्यवस्थापक पञ्च चौधरीले जानकारी दिनुभयो ।
उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा एक जनाले स्मार्ट वाच उपहार जित्न छन । लक्की ड्र मार्फत बिजेता छनौट र घोषणा गर्ने छ । साप्ताहिक उपहार अन्तर्गत एप्पल एयरड्रप एक जनाले जित्न सक्नेछन् । बम्पर उपहार एप्पल म्याक बुक प्रो को बिजेता नोभेम्बर २० तारिख एक कार्यक्रमकाविच घोषणा गरिने फोरेक्स रेमिटको शिनओकूबो प्रबन्धक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया