परदेशीले आत्महत्या भन्दा आत्मबल बढाऔँ ।

-प्रकाश बुढ़ाथोकी,जापान । मर्ने कसैलाई रहर हुदैन,हरेकपल यहॉ नमरेको प्रहर हुदैन । सपना पूरा गर्न घर,परिवार छाडिन्छ देश पनि छाडिन्छ त्यस्तै परे संसार नै छाडिन्छ । हामी नेपाली प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण भएपनि सहि सदुपयोग र परिचालन गर्न नजानेर सिरानीमा सुन राखेर नुनको खोजीमा भौतारिरहेका छौ।पल-पलमा रगत र पसिना संग मृत्यु र पैसा साट्न बिदेशिन बाध्य र बिवश छौ ।
नेपालबाट जुन सपना बुनेर बिदेशी भूमिमा टेक्ने बितिक्कै तनाब सुरुभै हाल्छ । अलग देश बेग्लै परिवेश पूर्ण भाषा नभएपछि मान्छे अपूर्ण बन्छनै।जुन नेपालबाट देखेको र यहॉ आकाश जमिनकै फरक हुन्छ । भनाइ र यहॉको बास्तविक जिवनमा कहॉ सजिलै रूखबाट फल टिपे जस्तो हुन्छर त्यसै कहॉ आउछ र लाखको बिटा ? निन्द्रा भोक प्यास दौडधुप यि त सामान्य कुरा नै हुन परदेशमा फरक देश फरक परिबेश सहज घुलमिल हुन गार्हो हुन्छ नै।सपना देख्नुपर्छ पूरा हुने खालका महत्वाकांक्षी देख्नुहुन्न।हामी नेपालीको बानी चॉडै कमाउनु पर्ने सबैलाई रातारात धनी बनिहाल्नुपर्ने भएर निराश भएका धेरै छन । दुख संघर्ष नगरी कहॉ सुखदायी जिबन जिउन सकिन्छ यो दूनियॉमा ? अनि मान्छे निराश हुदै सपनामा तुषारापात पर्न सुरु भैहाल्छ । सकुन्जेल त समस्या संग जुध्छ नै नसकेपछि हतास मनःस्थिति बनाउदै गम्भिर निर्णय गर्छ बाध्य हुन्छ र आत्महत्या गर्छ मान्छे आफूले आफैलाई मार्न सक्ने मान्छे बहादुर त होलान परिबारको सपना लगानी पनि खरानी भयो।किनकि जो कोहीले त्यति सजिलै कहॉ आफूलाई मार्न सक्छन र ?
हुनत ऑटिलो साहसिलो बहादुरले मात्र सक्ने हुन आफैलाई मार्न मैले पनि पटक-पटक आत्महत्याको प्रयास नगरेको कहॉ होर? तर सकिन हॉरे कायरनै साबित भएभन्दै अमूल्य मानव जिवन त्याग्न सकिन समस्या चिन्ता यहॉ कसलाई छैनर ? कत्तिलाई ब्यक्तिगत समस्या, पारिबारिक र सामाजिक समस्याले मानिस ग्रसित छन्।
पछाडि फर्केर हेरौ संसारमा नदुखेको मन नरसाएको ऑखा दुख नपाएको मान्छे बिरलै होलान्। तर तिनका समस्या पनि छन्। एक बर्ष अघि सुन्दर सपनाहरुको भारी बोकेर ठूलो जहाजमा चढेर समुद्न तरेर जापान आएका ओखलढुङ्गाका बिशाल बास्तोलाले आत्महत्या गरे किन कसरि गरे उनीनै जानुन ।उनी जस्ता धेरैले यहॉ आफूलाई कमजोर साबित गर्दै संसारबाट बिदा भए संसारको जुनसुकै कुनामा गएपनि जहाँ रहेपनि व्यक्तिगत तथा पारिवारिक समस्याहरु अभाव, केहि दवाव, केहि आशा केहि निराशा, केहि आशु,हाँसो यि सबै स्वभाविक रहने प्रक्रिया नै हो।यो जिवनको यात्रामा उनीहरूले हार खाएर संसार छाडेपछि घर परिवार तथा आफन्तहरुलाई कहिलै नसुक्ने आँशुको ऑशु उपहार दिएर जान्छन् । केहि बर्ष देखि जुन जापानमा आत्महत्याको बढीरहेको छ। अहिलेको यो कोरोनाको महामारीमा धेरैले रोजगार गुमाएका छन धेरैको रोजीरोटी खोसिएको छ । यो महामारीले भविष्यमा डरलाग्दो बिकराल रुप लिएर आउने निश्चित छ समयमै सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।मानसिक रुपमा परिपक्व नभएर आउनु मुख्य कारण पनि हो। यस्ता गतिबिधिहरु पक्कै कारण नभइ कार्य भएको छैनन् । रोकथाम र निराकरण उपाय खोजिनु जरुरी भैसकेको छ।सपना देख्नुपर्छ लक्ष्य पनि बोक्नुनैपर्छ।तर पूरा गर्ने खालको देख्नुपर्छ ।लक्ष्य बोकेको मानिस एकदिन सफल हुनेछ । महत्वाकांक्षी सपना देखेपछि पूराभएन भने बितृष्णा जाग्दछ रआत्महत्याको बाटो समाउछ । आत्महत्याले समस्या समाधान मात्र गर्दैन झन् परिवार र आफन्त माथि समस्या थपिदिन्छ।समस्या आयो भन्दैमा नभागौ मुकाबिल्ला गरौ हल खोज्न लागौ।हरेक कुराको अन्त्येष्टि त छदैछ नि राम्रो या नराम्रो हाम्रै हातमा छ। लडेँ उठौ उठ्न नसके सहारा मागौ ! गल्ति मानिसहरुबाटै हुन्छन् न आत्तिऔ !
गल्तिले नै मानिस बनाउछ।जिवनलाई त्यति सस्तो नठानौ आत्महत्याको बाटो नरोजौ परिबारको आशा र भरोसालाई निराशामा नबदलौ।आत्महत्या गर्नपनि गर्नेको वाध्यता होला।केहि कारण नभई यस्तो गलत कार्य त पक्कै भएन होला। एउटा बाटो बन्द भए कयौं बाटोहरु खुल्ला हुन्छन।एउटा सपनाको अबशान भए अर्को सपना देख्न थाल्नुस यहॉ ?आत्महत्या हैन आत्मबल बढाऔ यति सुन्दर छ संसार रंगिन छ संसार आत्महत्या नगरौ~~~~

फेसबुकबाट तपाइको प्रतिक्रिया