भीम उपाध्याय । दलित पीडितको उद्दार गर्ने भनेर क्रान्तिहरू गर्ने जति सबै बाहुन क्षेत्री, नेपाली ईसाईका पाष्चरहरू सबै जसो जति बाहुन, तिनले भोट दिने पनि बाहुन क्षेत्री नेतालाई, भोट नपाउने भए बाहुनले आफ्ना वफादार दलित वा जनजाति उठाएर जिताईदिनुपर्ने, तिनलाई खडा गरेर बाहुन क्षेत्रीकै बफादार बनाईदिने ।
६० लाख दलितहरूको कमसे कम ६० वटा त प्रत्यक्ष सांसद प्रतिनिधि सभामा हुनुपर्ने हो। त्यस्तै ३० लाख जनजातिको ३० जना प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित सांसद हुनुपर्ने हो । यसमा बाहुन क्षेत्रीले समानुपातिक बनाएर प्रतिनिधित्व गराईदिनुनै नपर्ने, रिजर्वेसन गरेर पदमा पुर्याईदिनुनै नपर्ने! अनि वाह वाही चैँ विदेशी र ईसाई मिशनरीको!
जो जति संकुचित धारणामा बस्छ, उसको राष्ट्रिय भूमिका र नेतृत्व हुन त्यति कमजोर हुन्छ। त्यसैले पनि यहाँ संकुचित सोचका समाजका मानिसले राष्ट्रिय राजनीतिमा शीर्ष पदमा पुग्न नसकेको हो। त्यसका लागि खुला दिमाग, राष्ट्र र जातजाति सबै आफ्नो हो भन्ने बृहत सोच विकसित हुनुपर्छ। समुदाय वा जातजातिमा अल्झनेहरू र विशेष आरक्षण चाहिन्छ भन्नेहरूबाट राष्ट्रिय नेतृत्व लिन संभव हुदैन, राष्ट्र नेता बन्नै सक्दैन। ती कथं पद वा पावरमा पुगेपछि पनि निरिह साबित हुन पुग्छन्।
क्षेत्री राजेश हमालले दलितका लागि टिभीमा एउटा कार्यक्रम गरेर कसैको उद्दार गरिदिनुपर्ने अवस्था आउँछ भने त अरू के नै आश गर्न सकिएला र खै ! समाजमा बसौँ, समाजलाई रूपान्तरण गरौँ। होहल्लाको यो कुरै हैन। होहल्ला गरेको ७ दशक भईसक्यो है सिन्को भाँचिएको छैन । कानुन र संविधान सबै विभेदविरोधी छ, विभेदलाई अपराध मानिन्छ । अहिलेसम्म समय अनुसार परिवर्तन जे जति हुनु छ त्यति आफै भएको हो।
टाउको दुखेको ओखती नाइटोमा नलाएर कसरी रोग निको हुन्छ त नि ? अहिले जातको प्रश्न हैन, समाजमा कुरिति विभेद वा छुवाछुत विषयमा परिवर्तन गर्ने सहकार्य सबैले गर्नुपर्छ, यो प्रश्न हो ।
तर टाउको दुखेको औषधि भन्दै विदेशी धर्म र पैसा हुलेर नाईटोमा दलियो भने भित्रैबाट कहिल्यै सहयोग हुन सक्दैन, घुमिफिरी रूम्जाटार हुने हो । नाटकमा अभिनय गर्न सजिलो छ तर फिल्डमा गरेर देखाउनु नै स्तुत्य हुन्छ ।
१० वर्षको जनयुद्धले १७ हजार नेपालीको आहुति दिँदा त अझै समस्या झन् रन्केको देखिन्छ भने अरू तरिकाको पछि लागेर के पो हुनथ्यो र !
मलाई दलितसंग कुनै समस्या छैन, कुनै विभेद गरेर फाईदा पनि छैन, न विभेद नगरेर फाईदा छ। २१ औँ सताब्दीमा पनि जातजातिको कुरा गरिरहने, त्यसका आधारमा छुवाछुतको विभेद गर्ने जस्तो मानवताबिरोधी काम भइरहनु र फिल्डमा रुगेर सुधार गर्न केही काम गर्न कोही अघिसर्न नसक्नु लज्जास्पद लाग्छ। त्यस्ता कामहरू पनि गाली खा‘दै क्षेत्री बाहुनले नै गरिदिनुपर्ने?
म दलितको घरमा जान्छु, बस्छु, खान्छु। तिनलाई मेरो घरमा स्वागत गर्छु, खुवाउछु । तर सहरमा बसेर मैले मेरो घरमा त्यसो गर्दैमा, गाउँ गाउँमा केही फरक पर्दैन।
मेरो चिन्तनको विषय यस्तो छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया