जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) लाई पन्जिकृत सदस्यता वितरण नगर्न निर्देशन दिएको छ । संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले तत्कालको लागि सदस्यता वितरण रोक्ने निणर्य गर्दै सबै एनसीसीहरुलाई सोको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
एनआरएनएको विशेष अधिवेशन अनलाइन प्रणालीमार्फत आयोजना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालय सकरात्मक रहेको पत्र प्राप्त भएको र स्मार्ट एनआरएनए प्रोजेक्ट अन्तर्गतको नयाँ एमआईएस सिष्टम अहिले परिक्षणको चरणमा रहेको भन्दै अर्को सूचना जारी नभएसम्म सबै एनसीसीहरुलाई आफ्ना मुलुकमा पन्जिकृत सदस्यता वितरण नगर्न महासचिव डा हेमराज शर्माले परिपत्र गरेका हुन् ।
एनआरएनएले विशेष महाधिवेशनपछि संघको विधानमा व्यापक परिवर्तनको तयारीका लागि सदस्यता वितरणमा रोक लगाएको बताइएको छ । संघले निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनका विषयमा थप छलफलका लागि विशेष महाधिवेशन बोलाउने तयारी गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले निःशुल्क सदस्यता वितरण,एमआइएस सिस्टम, संस्थामा आर्थिक सुधारलगायतका विषयमा पारित भएका प्रस्ताव सकारात्मक रहेको बताउँदै यसले संस्थामा आमूल परिर्वतन हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया