जापानभर बिहिबार एकैदिन ७०८ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा कोरोना संक्रमण फेरी बढ़ने संकेत देखिएको छ । चिसो मौसम सुरुसंगै कोरोनाभाईरस संक्रमित पनि बढ़ेको हो । अक्टोबर १५ तारिख बिहिबार जापानभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार टोकियोमा २८४ जना,खानागावा केनमा ७९ जना,साइतामा केनमा ५७जना,चिबा केनमा ५४ जना, ओसाकामा ५१ लगाएतको गरि जापानभर ७०८ जनामा संक्रमण देखिएको थियो ।
जापानमा अहिलेसम्म आन्तरिक र बाह्य गरि ९२,११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ८३ हजार ८ सय ३७ सय जनाले स्वास्थ्य लाभ लिएका छन् भने १६४९ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया