जापानमा शुक्रबार ६१३ जनामा कोरोना संक्रमण,चिसो मौसमसंगै संक्रमित बढ्यो

टोकियो । जापानभर आज अक्टोबर १६ तारिख शुक्रबार ६१३ जनामा कोरोनाभाईरस संक्रमित थपिएका छन् । आज शुक्रबार जापानभर ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चिसो मौसम सुरुसंगै कोरोनाभाईरस संक्रमित पनि बढ़ेको हो ।
बिहिबार टोकियोमा २८४ जनासहित देशभर ७०८ जना पुष्टि भएको थियो । आज टोकियोमा १८४ सहित खानागावा केनमा ८५ जना,साइतामा केनमा ५२ जना,चिबा केनमा ४३ जना, ओसाकामा ५३ लगाएतको गरि जापानभर ६१३ जनामा संक्रमण देखिएको छ ।
जापानमा अहिलेसम्म आन्तरिक र बाह्य गरि ९२,७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ८३ हजार ८ सय ३७ सय जनाले स्वास्थ्य लाभ लिएका छन् भने १६५६ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया