-लिला राना मगर !
दसैँमा आमालाई कोसेली
यतिवेला वारीमा फूलेका होलान
पहेलै तोरीका बोटहरु
फूलेका होलान आगनमा
मखमली फूलहरु
पल्ला घरे हर्के दाइ बिरे दाइहरु
फर्किसके हुन घर
गाउँका सबै छिमेकिहरुले
घरहरु पोतिसकेका होलान
रातो माटोले पोतेका
ति घरहरु आहाँ साच्चिनै
कति सुन्दर देखिएका होलान
सपना बोकेर शहर छिरेकाहरु
सप्पै सप्पै ठूलाबडाको आशीर्वाद थाप्न
फर्किसके हुन गाउँ
संधै घरको बैगलमा बसेर
चियाइरहने ति सुन्दर
परेवा जोडिहरु पनि मेरै प्रतिक्षामा
हुन सक्छ !
आमा नभन्नु है प्रदेशिएको तपाईको छोरीले
घर आउन बिर्सियो कि भनेर
खुब सम्झिएको छु
साना साना कुराहरुले पनि कति
खुसि बनाउथ्यो बालापनमा
अनि ओल्लो घर पल्लो घर
तल्ला घर माथिल्ला घरमा
टिका थापिसके पछि
दक्षिणा कति भयो भन्दै
हिसाब गरेका ति पलहरु
अनि आमा हामीलाई मिठा
मिठा पकाएर खुवाउने
पल्लो घरको माईला बाजे र बै लाई पनि
धेरै सम्झना सुनाईं दिनु ल !
मलाई माफ गर्नुस है आमा
म यसपाली चाहेर पनि
घर आउन सकिन
तर आमा मैले प्रभु बैक बाट
पैसा पठाएको छु
तपाईको लागी नयाँ चोली किन्नु
अनि बाबाको लागी नयाँ जुत्ता किन्नु
राम्रो सँग दशै मनाउनु है ।

फेसबुकबाट तपाइको प्रतिक्रिया