जापान । रेष्टुरेण्टको ग्राहकलाई कुटपिट गरेको अभियोगमा टोकियोमा २ जना नेपाली पक्राउ परेका छन् ।
टोकियोको सिन्जुकु वार्डमा रहेको एक नेपाली ग्राहकमा ग्राहकलाई कुटपिट गरेको अभियोगमा २ जना नेपाली पक्राउ परेका हो । जापानी संचार माध्यम न्यूज याहुमा प्रकाशित समाचारका अनुसार गत सेप्टेम्बर २४ तारिख टोकियोको सिन्जुकु वार्डमा रहेको एक नेपाली रेष्टुरेण्टमा अर्का ३ जना नेपाली ग्राहकहरुलाई कुटपिट गरी चोटपटक लगाएको अभियोगमा २७ बर्षिय टम गुरुङ र ३४ वर्षका निर्मल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । समाचारमा उल्लेख गरेअनुसार उनीहरु टोकियो ब्रदर नामक नेपालीहरुको समुहमा आवद्ध भएको जनाईएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया