सविता पनेरू !
-यहाँ हास्नको चाहदैन ?
मलाई हर क्षण हासिरहने मन छ ।
हास्नलाई पनि त बाहाना चाहिँदो रहेछ ।
भन म कुन बाहनाले हासु ?
तर,
यही समयमा तिमी भन्छौ,
मुस्कुराऔँ, अनि मज्जाले हास,
हास्नु स्वास्थ्यका लागि लाभदायक छ ।
आमाको छात्ति दुख्दा म थिइन,
छाेरीको घाँटी सुक्दा पनि म भइन।
परिवारको दुखमा हामी हुन सकेनौ,
देशलाई चाहिएको बेला पनि हामी छैनौ ।
भेटै नभएको भोलीलाई सम्झेर,
सँगै भएको खुशी उतै छाडीआयौँ।
अनि तिमी भन्छौ मुस्कुराऔँ ।
नेता अनि कर्मचारी लुटिरहेका छन्,
हामीहरु हेरिरहन्छौ, देखिरहन्छौ,
आँफै लुटिएको, आँफै ठगिएको,
अँझ भनौँ, उक्साइरहन्छौँ लुट्नेहरुलाई।
हामी खोक्छौ, लुट्ने र ठग्नेको जमाना छ।
बरु हामी बन्न सकौँला लुटाहा र ठगाहा ,
तर सक्दैनौ, लुट र ठगीको निराकरण गर्न ।
अनि तिमी भन्छौ मुस्कुराऔँ ।
देशका आधाजसो युवाशक्ति देशमा छैनन्
तर विर्सदैनन् देशको संस्कार।
चाडबाड जे सुकै होस्,
संस्कारको नाममा सराब पिउँछन्
देश बनाउनु पर्ने युवा शक्ति,
गफै गफमा उडाउँछन् मातृभुमीको खिल्ली ।
मेरो देश यस्तो…., मेरो देशमा उस्तो…..,नेपाली यस्ता….
अरु देशसँग दाज्छन् आफ्नो मातृभुमीलाई।
पिंगला भएनि आमा त आमा नै होनी,
म सुनिरन्छु, म दुखिरहन्छु,
अनि तिमी भन्छौ मुस्कुराऔँ ।
रोग आउछ सताउछ,
प्रकोप आउछ थर्काउँछ,
रोगले भित्र बस भन्छ,
भोकले बाहिर निस्की भन्छ।
काम गरुँ,विश्व ठप्प जस्तै छ,
कतिको त रोजगार नै टुटेको छ।
महामारीले विश्व आक्रान्त छ,
यही मौका छोपेर कालाबजारी र महङ्गी व्याप्त छ।
हत्या, हिंसा, बलात्कार, ठगि, भ्रष्टाचार ….
सबै तिर अपराध नै अपराध छ।
हेर त देश कस्तो अशान्त छ।
अनि तिमी भन्छौ मुस्कुराऊ।
म त हास्ने बाहना कुरिरहेछु।
तिमी अनि तिमी जस्तै युवाहरु,
नसा बिना हाँसेको देखेकै छैन।
यो सब प्रत्यक्ष भोगीरहनु पर्दा,
धेरैको ओठको हाँसो खोसिएको छ।
यही समयमा तिमी भन्छौ,
मस्कुराऊ, अनि मज्जाले हास।
साच्चै,
बरु तिमीलाई हास्ने बाहना नै चाहिएको भए,
तिमी मै लाई हेरेर हास,
हेरत यस्तो समयमा पनि म रोएको छैन,
त्यसैले तिमी मुस्कुराऊ, अनि मज्जाले हास,
हास्नु स्वास्थ्यका लागि लाभदायक छ।
@चिवा, जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया