पशूपती गिरी । म कोरोना भाइरस (कोभिड-१९ ) महाकालको बृहद मुखको घाँटीसम्म पुगेर फिर्ता भएको छु । कोभिड १९ के हो भन्ने कुरा जस्ले अती नजिकबाट नियाल्यो त्यसले मात्र जान्दछ ।
अक्टोवर ७ तारीख म काठमाण्डूमा थिए । बिहान ११:०० बजे तीर एक्कासी शरीर दुख्यो ,टाउको दुख्यो ,ज्वोरो आए जस्तो फील भयो । अनि बेडमा पटीएको निदाएछु । उठ्दा हल्का फ्रेस भएको आभाष भयो । जापान आउनको लागि पीसीआर टेष्ट गर्नु पर्ने भएकोले त्यसै दिन स्वाब दिईयो अर्को दीन रीजल्ट पनी नेगेटिभ नै आयो । रीजल्ट नेगेटिभ आएपछी अक्टोवर ९ तारीख जापानतीर हींड्ने दिन साँझ पख फेरी त्यस्तै भयो टाउको दुख्ने , शरीर दुख्ने ,त्यसपछी एकैछिन रेष्ट पनी गरे ।
म त्यती फ़्रेश थिएन जापान हिड्दाको दिन ,मनले कता कता के सोंची रहेको थियो । नेपाल एयरलाइन्सको जहाज त्यती प्याक थीएन रात भरी नीद्रा लागेन बिहान पख छोरीलाई त्यही सीटमा सुत भनेर म पछाडी पट्टी चार जनाको ख़ाली सीटमा गएर लम्पसार परी केही बेर सुतें । प्लेनबाट बाहीर निस्के पछी जापानको पीसीआर टेष्ट गर्ने ठाउँमा अरु सबै को नाम र नम्वर आयो तर मेरो आएन । मैले मलाई कोरोना पोजेटिभ देखियो भन्ने अड्कल लगाई सकेको थीए ।
छोरीहरुलाई तिमीहरु बाहीर निस्क सायद मलाई कोरोना पोजेटिभ देखियो भनेर भनें तर छोरीहरुले सँगै निस्कने हो हामी कुर्छौं भने । धेरै बेर पछी एक जना जापानीजले आएर त बाहीर जान नपाउने भईस तेरो समान हामी ल्याईदींन्छौं होटलको क्वारेन्टाईनमा बस्नु पर्ने भयो भन्यो । अनी छोरीहरुले बल्ल बाहीर नीस्कन माने । समान लिएर घर जान भने,बाहीर मलाई लिन गाड़ी लीएर साथीहरु आएका थीए । साह्रै नरमाईलो पनी लाग्यो अनी साथीहरुलाई कल गरेर म आउन नपाएको र छोरीलाई घर सम्म पुर्याईदीन आग्रह गरी म ईम्मीग्रेसनको स्वास्थ्य टोलीसंग उनीहरुले जता लैजान्छन त्यतै लागें । त्यहाँ जाँदा अरु तीन जना नेपाली दाई र दीदीहरुलाई देखे ।
सके सम्म जापानीजले कसैको पनी ब्यक्तीगत बिबरण बताईदिदैनन । मैले नेपालीहरु हो उहाँहरु भनी सोद्धा ती अफीसरले त्यो बताउन मिल्दैन भन्यो ।
मैले टाढाबाट नेपालीहरु हो तपाँईहरु भनेर सोधें हो भन्नु भयो । एक जना दाई पहिला साईतामा केनमा बस्ने अहिले योकोहामा सर्नु भएको रहेछ ।
एक जना दीदी टोक्योमा रेष्टुरेन्ट भएको बताउनु भयो भने अर्को दीदी ओशाका बस्नु हुँदो रहेछ । मैले नाम सोधीन कीनभने यो कसैको ब्यक्तीगत कुरा हो यस्तो बेलामा सोध्न पनी चाहिन ।
सबै लाई होटल लैजाने कुरा भएको थियो मैले मलाई औषधि लीएर मात्र होटल जाने कुरा राखे पछी अरुलाई होटलमा छोड्यो भने मलाई हस्पिटलमा ल्याएर एडमीड गर्यो ।
३-४ दीन पछि मलाई ज्वरो , खोकी र टाउको दुखाईले यती गाल्यो की म जत्तीको आत्मबल भएको मान्छेको आत्मबल पनी कमजोर बनी दियो।
मैंले आफुले आफैलाई अब यति नै रहेछ मेरो चोला बरु नेपालमैं भई दिएको भए आफ्नै नेपाल आमाको काँखमा त मर्न पाउने थिए जस्ता कुराहरु मनमा आउन थाले । आजसम्म तातो खाना कस्तो हुन्छ भन्ने थाहा पाएको छैन सबै चीज चीसो खाना दीन्छ । बिहान पाउरोटी चीज मीसीएको र फ्रीजबाट निकालेंको चीसो दुध , फ्रीज को नै ओच्या (ग्रीन टी )भात पनी चीसो , तरकारी चीसो , सबै चीसो मात्र खाना त्यसमाथी पटक्कै नुन नै नलागेको को खाना ले झन शरीर जीर्ण भएको आभाष भयो ।
मैले बाहिरबाट खान मगाउँछु रेन्चीमा तताएर ल्याईदे भन्दा पनी हुँदैन भन्छ । के गरौं के गरौं त्यसै त कोरोनाले गालेर मुख नै नमिठो भएको बेला खाना गतीलो नपाउँदा साह्रै मन रोई रहन्थ्यो तर घर परीवार आत्तीन्छन भनेर राम्रो हुँदै गाछ तिमीहरु नआत्तीनु भन्थें तर मलाई भने बाँच्ने आशा मरी सकेको थियो ।
हुन त बिज्ञानले पनी भनेको छ जब कुनै चीज घाँटीबाट तल जान्छ त्यस लाई शरीरले तातोलाई चीसो र चीसो लाई तातो जे बनाउन पर्ने हो हाम्रो शरीरले त्यसलाई परिवर्तन गरी तुरुन्तै शरीरको तापक्रम अनुसार म्यानेज त गरी हाल्छ नै तै पनी तातो खाई रहेको मान्छेले चीसो खाना खादा पटक्कै रुच्दो रहेनछ ।
टाउको फुट्ला जस्तो गरी दुख्ने , शरीर नै च्यातीन्छ की जस्तो गरी दुख्ने , ३९.९ सम्मको ज्वरो त्यसमा लहरे खोकी । ८-१० पटक सम्म त म बेहोस भएर बेड भन्दा बाहिर पल्टीएको हुन्थें ।
बेडको नजिकै रहेको बेसिनमा पुग्न नसकेर कती हो कती पटक लडेको छु । लहरे खोकी सुरु भए पछी पुरै पेट बटारेर आन्द्रा भुँडी नै फर्कन्थें । टाउको दुखेर बम जस्तो फुट्छ झै लाग्थ्यो ।
जब लहरे खोकी लाग्छ तब पुरै लाइट भएको कोठामा पनी पुरै अध्यारो, ब्रह्माण्ड नै अँधेरो भए जस्तो हुने , चारै तीर तारा मण्डल जस्तो देखीने अनि बेहोसमै कती पटक त मैले यमराज जस्तो कालो चीजलाई प्रत्यक्ष देखेर आएको जस्तो फ़ील पनी हुने गर्यो । मैले जती कोरोनालाई नजीक बाट त कस्ले पो देखेको होला र ?
एक्स-रे गर्दा र ब्लड चेक गर्दा अझै काृभिड १९ का पोजिटिभ शरीरमा देखिएकोले १४ दिनको लामो बसाई पछी फेरी १ हप्ता हष्पिटलमैं राखेर अझैँ औषधिपचार गर्ने भएको छ ।
यो नेपालमा देखिएको भए र नेपालको हष्पिटलमा भएको भए आज सम्ममा सायद मृत्यु घोषित भै सक्थ्यो होला तर जापान भएकोले अब त बाँचीन्छ की भन्ने झीनो आशा पलाएको छ । तर सबैले कोरोनालाई सामान्य सामान्य भनी रहँदा म आफैले भोगेको मान्छे भएकोले त्यसको खण्डन गर्न मन लाग्छ ।
कोरोना कुनै हालत मा सामान्य होईन ।
यो एक निर्दयी भाईरस हो ।
म कुनै दीर्घ रोग नभएको ब्यक्तीलाई त मृत्युको मुखमा पुर्यायो ।
म सँग भएको आत्मबलले यस्लाई दवाउन सफल भएको छु ।
यदि अलीकती पनी बिचल्लीत हुने ब्यक्ती मेरो ठाउँमा कोरोनासँग संघर्ष गर्थ्यो भने सायद
आज यस्लाई सामान्य रुघाखोकी र भाईरल ज्वरोको रुपमा लीन आग्रह गर्दै यस्लाई हल्का रुपमा लीन हरेक तह र तप्काबाट उत्प्रेरित गरी रहीएको छ ।
जस्ले गर्दा भयावहको स्थिति श्रृजीत हुँदैछ । हो कुनै ठाउँमा र कुनै सामाजिक ब्यक्तीत्वलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो अनी उहाँहरुलाई सामान्य खालका लक्षणहरु देखा परे ।
सामान्य खाल कै औषधोपचार पनी भयो ।
७(१० दिन को हष्पिटल वा होटलको आईसोलेशनमा बस्नु भयो अहिले घर पनी फर्कीनु भयो ।
त्यो धेरै राम्रो भयो ।
यस्मानेमा उहाँहरु अती भाग्यमानी हुनुहुँदो रहेछ जुन कोरोना को १०५ कहर पनी झेल्नु परेन ।
सामान्य औषधोपचार पश्च्यात घर फर्कनेहरु धेरै हुनु हुन्छ उहाँहरु सबैलाई एकमुष्ठ बधाई तथा पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।
उहाँहरु जस्तो भाग्यमानी मा म पर्न सकीन । खै किन हो त्यो कुरा म आफैलाई ताज्जुब लागेर आएको छ ।
त्यसैले कृपया यस्लाई सामान्य रुप मा नसोंचौं
यो अती घातक छ ,
यो अती निर्दयी छ ,
यो एकदमै जब्बर खाल को छ !
सबै ले गहन रुप मा लीनुहोस !
सबै सचेत रहनुहोस
स्वास्थ्य रहनुहोस !
हेलचेक्राँई कदापी नगर्नु होला !
अहिले म पहीला भन्दा धेरै ठीक छु !
खोकी कम हुँदै गई रहेको छ ।
कती बेला ज्वरो आउने सन्चो हुने,कती बेला टाउको दुख्ने ,शरीर दुख्ने भै रहेको छ । एक्स-रे गर्दा र ब्लड मा कोभिड १९ का भाईरस देखीएकोले कम्तीमा अझै हप्ता हष्पिटल बस्नु पर्ने भएको छ ।
त्यसैले मैले यो सबै तपाँई समक्ष पुगोस ।
यो सामान्य होईन असामान्य भाईरस हो ।बेलैमा होस पुर्याउनुहोस भन्नका लागी केही लेख्ने जमर्को गरेको हुँ
नेपाली समुदायमा भ्रम खड़ा गर्न होईन भ्रम तोड्नको लागि केही लेखेर शेयर गरेको छु । जस्ले तपाँई को जीवनलाई पनी सहज बनाओस भनेर लेखेको हुँ । कसैलाई यसबाट नराम्रो असर नपरोस !
कोरोना भनेको आत्मबल हो ! आत्मैदेखी त्यसलाई परास्त गर्ने प्रण गर्नु भो भने दीर्घ रोगीहरुले पनी परास्त गर्ने छन ।
त्यसैले सावधानी अपनाउनुहोस ! सचेत रहनुहोस ! स्वस्थ रहनुहोस ।

फेसबुकबाट तपाइको प्रतिक्रिया