टोकियो । दसैँलगायतका चाडपर्वमा धेरै मानिसहरूको जमघट नगर्न नेपाली राजदुतावास जापानले आग्रह गरेको छ । शुक्रवार एक सूचना पकाशन गरि दुतावासले धेरै मानिसहरूको जमघट नगर्न आग्रह गरेको हो । अक्टोबर महिनाको मध्यदेखि जापानमा रहको नेपाली समुदायमा कोभिड १९ को संक्रमण बढी रहकोले यसबाट जोगिन देहाय बमोजिमको सावधानी अपनाउन जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले नेपाली समुदायमा गरेको अनुरोधलाई अपनाउन अपिल गरेको हो ।
यस्तो छ दुतावासको सूचना
-दशैं लगायतका चाडबाडहरूमा पनि धेरै मानिसहरूको जमघट नगर्ने ।
-कुनै पनि व्यक्तिसँग भेटघाट वा कुराकानी गर्दा अनिवार्य रूपमा मास्क लगाउने ।
-सँगै खाना खान बस्दा खाने एवं गफ गर्ने समय फरक फरक बनाउने ।
-सम्भव भएसम्म खाना खाने समयमा कुराकानी नगर्ने ।
-कोभिड-१९ को महामारीबाट आफू,आफ्नो परिवार तथा समाजका अन्य सदस्यहरूको सुरक्षाका लागि जापान सरकारको उक्त अनुरोधलाइ जापानमा रहनुहुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पूर्ण रूपमा पालना गरिदिनुहुन नेपाली राजदूतावास हार्दिक अनुरोध गरेको छ ।
पछिल्लो समय नेपाली समुदायमा कोरोना संक्रमण सामुदायिक रूपमा फैलिएको छ । जापानस्थित नेपाली सामाजिक संस्थाहरुको अग्रजहरु नै हेलचक्राई गर्दा कोरोना फैलिएपछि समुहगत रुपमा कोरोना फैलिएको अनुमान गरिएको छ । पछिल्लो २ हप्तायता राजधानी टोकियो,खानागावा, चिबा,गुन्मा केन लगाएत शहरमा कोरोना फैलिएपछि समुहगत रुपमा कोरोना फैलिएको छ ।
अक्टोबर २६ र २७ मा दुतावास बन्द हुने
नेपाली राजदुतावास जापानले बडा दसैँ अवसरमा कात्तिक १० र ११ अर्थात अक्टोबर २६ र २७ मा कार्यालय बन्द हुने आग्रह गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया