गायक चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ सार्वजनिक

टोकियो । लोक तथा दोहोरी गायक चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो घर्तीको अफिसियल युट्युव च्यानल मार्फत शुक्रवार सार्वजनिक गरिएको हो ।
गीतमा चर्चित लोक तथा दोहारी गायिका देबी घर्ती मगर र चेतनको स्वर रहेको छ । गीतको शब्द तथा लय सिर्जना गायक प्रसाद खप्तरी मगरले गरेका हुन् ।
गीतको भिडियोमा चर्चित नृत्यङ्गना आरुशी मगर र दिनेश थापाको बेजोड नृत्य रहेको छ ।चित्र मास्की मगरले निर्देशन गरेको भिडियोको छायाङ्कन सम्भु चालिसेले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका हुन् ।
लोक संगीतको क्षेत्रमा छुट्टै परिचय बनाउन सफल गायक खप्तरीको मौलिक लय सहितको वजनदार शब्दले गीतलाई अझ जीवन्त बनाएको छ । जापानलाई कर्मभूमि बनाएका चेतन नेपाली लोक तथा दोहोरी गितसंगीतको श्रीवृद्धीमा निरन्तर लागिरहेको छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया