आफ्नै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा कार्यकर्ता हत्या प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्पक्ष छानविनको माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

आफ्नै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने नेकपा सरकारबाट कानूनी राज्यको अपेक्षा गर्न नसकिने काँग्रेसको जिकिर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया