टोकियो । जापान सरकारले नोभेम्बर १ तारिखबाट एक महिनाभर गैरकानूनी रुपमा काम गर्ने विदेशी कामदार रोकथाम अभियान चलाउने भएको छ ।
टोकियो अध्यागमन कार्यालयले शुक्रवार एक ट्वीट गर्दै यस्तो सूचना जारी गरेको हो ।
टोकियो अध्यागमन कार्यलयले रोजगारदाताहरुलाई विदेशी कामदारहरुलाई काममा राख्दा अनिबार्य रेसिडेन्स कार्ड जाँच गर्न समेत अनुरोध गरेको छ । गैरकानूनी रुपमा काम गर्ने विदेशीहरुलाई निरुत्साहित गर्न र काम दिने कम्पनीहरुलाई सचेत बनाउन यो नोभेम्बर महिनाभर चलाउने बताइएको छ ।
काम गर्ने अनुमति नभएका बिदेशीहरुलाई कतिपय कम्पनीहरुले काम लगाउने गरेको पाइए पछि त्यस्ता गतिबिधिलाई नियन्त्रण गर्न जापान सरकारले अभियानको सुरुवात गर्ने घोषणा गरेको हो ।
कानून बिपरितका गति बिधिलाइ निरुत्साहित गर्ने उद्देश्यले नोभेम्बर १ देखि उक्त अभियान चलाउन लागिएको जापानको कानुन मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया