टोकियो । जापानमा रहेका बाग्लुङगेहरुको संस्था बाग्लुङग समाज जापानले बाग्लुङ ढोरपाटन बाढीपहिरो पिडीतको लागि ११ लाख उन्तिस हजार छ सय बयानब्बे रूपैया सहयोग पठाएको छ । बाग्लुङग समाज जापानले ढोरपाटन बाढीपहिरो पिडीतको लागि ११ लाख उन्तिस हजार छ सय बयानब्बे रूपैया सहयोग हस्तान्तरण गरिएको समाजका प्रवक्ता चेतन पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै जैमुनि पहिरो पिडीतलाई जापानी पचास हजार येन बलेवा सेवा समाज मार्फ़त सहयोग गरेको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ बोबाङमा सेप्टेम्बर २ तारीख बुधबार राति आएको भिषण बर्षासँगै पहिरोबाट धेरै मानिसहरूको घरबार बिहीन हुनुका साथै ठुलो मानविय क्षती हुन पुगेको थियो । यस दुखद घडीमा सहयोग गर्ने हेतुले निबर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठको अगुवाईमा सहयोग अभियान चलाईएको थियो । बाग्लुङग समाज जापानका नेपाल प्रतिनिधि सम्पन्न श्रेष्ठ मार्फत ढोरपाटन दैबी प्रकोपको खातामा सो रकम जम्मा गराईएको हो ।
यति धेरै रकम जम्मा गर्न जापानबासी नेपालीहरुले गर्नुभएको सहयोगप्रती बाग्लुङ समाज जापानले धन्यवाद ज्ञापन गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया