टोकियो । जापानमा सक्रिय मगर समुदायहरुको संस्था नेपाल मगर संघ जापानको कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन हुने भएको छ । नेपाल मगर संघ जापानको कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन नोभेम्बर ८ तारिख टोकियोमा हुने भएको अध्यक्ष रित राना मगरले जानकारी दिनुभयो । रोयल गार्डेन शिनओकूबोमा आइतवारको दिन १२ बजेबाट हुने अधिवेशन भएको हो । सो अधिवेशनबाट नयाँ कार्यसमिति छनोट गर्ने जनाएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ लाई मध्ये नजर गरि कार्यसमितिको केहि पदाधिकारी उपस्थिति र अन्यलाई अनलाईन माध्यम अपनाएर समाजिक दूरी कायमगरि अधिवेशन गर्न लागेको नेपाल मगर संघ जापानले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया