प्रथम एनआरएनए जापान कान्तो रनिङ कप २०२० पुन: स्थगित

जापान । एनआरएनए जापान कान्तो क्षेत्रिय कमिटीले गर्न लागेको प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० स्थगित गरेको छ । यहि नोभेम्बर २९ तारिख जापानमा गर्न लागेको रनिङ कप संसारभर फैलिरहेको कोरोना भाईरसको कारण अर्को सूचना प्रकाशन नभएन्जेलसम्मको लागि स्थगित गरेको  हो ।
दोस्रो पटक समय सारेर यहि नोभेम्बर २९ तारिख गर्न लागेको प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० स्थगित गरेको हो ।
प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० स्थगित गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातुसन्देश डट कटले मिडिया सपोर्ट गरेको थिेयो । उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० आयोजकले जापानीवासी सम्पुर्ण फूटबल खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा प्रतियोगिता हाल संसारभर फैलिरहेको कोरोना भाईरसका कारण मानव स्वास्थ्यलाई मध्यनजर गर्दै अर्को सुचना प्रकाशित नभए सम्म हाललाई स्थगन गरिएको कुरा सबैमा जानकारी गराएको छ ।
यसबाट पर्न गएको असुबिधा प्रति एनआरएनए कान्तो कमिटीले क्षमायाचना माग्दै यो दौरानमा साथ सहयोग र समर्थक गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा पनि गरेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया