फुकुओका । हाम्रो नेपाल हामी नेपाली अभियान जापानद्वारा फुकुओकामा बसोबास गरिरहनु भएका नेपाली समुदायलाई नियमित स्वास्थ्य परिक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले स्वास्थ्य परिक्षण अभियान संचालन सुरु गरिएको छ ।
उक्त अभियानका अभियन्ता प्रदिप श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय हेल्प डेस्क निर्माण गरी स्वास्थ्य परिक्षण अभियान सुरुवात गरिएको हो। प्रवासमा विशेष गरी जापानमा आफ्नो पढाई, जागिर, व्यवसायमा सधैं व्यस्त रहिरहेने र स्वास्थ्य अवस्था के-कस्तो छ भनेर समय समयमा जाँच नगर्दा ठुलो रोगको सिकार हुनुपरेको विभिन्न उदाहरण छन्। तसर्थ , भोली जो कोहीलाई पनि ठूलो रोग लाग्ने वा दुर्घटना हुँदैन भनेर भन्न पनि सकिदैंन । पछिल्लो समय जापानमा नेपाली समुदायमा हरेक वर्ष दर्जनौं दाजुभाई दिदीबहिनीहरुले अप्रत्यासित रूपमा ज्यान गुमाउनुको साथै गम्भीर प्रकृतिका रोगहरू देखिएको पाइन्छ । यस्तो दुःखद परिस्थिती दोहोरिनबाट केही हदसम्म रोक्न सकिन्छ की भनेर स्वास्थ्य परिक्षणको अभियान सुरुवाट गरिएको हाम्रो नेपाल हामी नेपाली अभियान जापानका प्रमुख संयोजक धर्म राज अधिकारीले बताए ।
फुकुओका सिटीमा जापानको राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केनको होकेन)मा आबद्द भइ ३० वर्ष वा सो भन्दा बढी उमेर पुगेकाहरुलाई वर्षको एक पटक जम्मा ५०० येनमा स्वास्थ्य परिक्षण गर्न पाइने व्यवस्था छ। स्वास्थ्य परिक्षणमा सहभागी हुन इच्छुक दाजुभाई दिदीबहिनीहरुले अभियानले तयार परेको फारममा आफ्नो विवरण भर्न अनुरोध गर्दै उक्त फारमको आधारमा आफु बसोबास गरेको नजिकैको क्लिनिकमा स्वास्थ्य परिक्षण ब्यबस्था गर्ने हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता एवं हेल्प डेस्कका संयोजक प्रदिप श्रेठले बताए ।
स्वास्थ्य परिक्षण अभियान पहिलो चरणको परिक्षणको लागी फारम भर्ने अन्तिम मिती २०२० नोभेम्बर १४ तारीख(शनिबार) सम्म रहेको छ। आवेदन संख्या र बस्ने ठाउँ अनुसार स्वास्थ्य परिक्षण केन्द्र र मितीको बारेमा २०२० नोभेम्बर १६ तारीख(सोमबार) बाट हेल्प डेस्क द्वारा सम्पर्क गरी स्वास्थ्य परिक्षणमा सहयोग गर्ने छ।
स्वास्थ्य परिक्षणको लागि जापानको राष्ट्रिय स्वास्थ्य बीमा(कोकुमिन केनको होकेन)मा आबद्द भइ उमेर ३० वर्ष वा सो भन्दा बढी हुनुपर्ने ,तत्कालको लागि फुकुओका सिटीको लागि मात्र भएको हुदा फुकुओका सिटी भित्र बसोबास गरेको पर्ने ,स्वास्थ्य परिक्षणको दिन बीमा प्रमाणपत्र(होकेनस्यो) र योकादोक्कु ज्युसिनह्यो आवश्यक पर्ने र ४० वर्ष भन्दा कम उमेर भएकालाई होकेनस्यो मात्र भए पुग्ने छ।
पहिलो चरणमा जापानको फुकुओका शहरमा मात्र रहेको र आगामी दिनहरुमा जापानभरी अभियान चलाउने आयोजकले बताएको छ । स्वास्थ्य परिक्षणको लागि कुनै सहयोगको आवश्यकता परेमा अथवा थप जानकारी चाहिएमा हेल्प डेस्कमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया