गजल

यता बहिनिको हातमा दियो र फुलहरुको थाली ।
उता तिहारमा परदेशी दाईको भो निधार खाली ।।

उनि सक्यो फुलमाला गन्दै छु दाई आउने दिनहरु ।
आउनु दाजु दु:खी बहिनिलाई नरुवाउनु यस पाली ।।

तपाईको अभाव छ बगैँचामा फुलेको फुलहरुलाई ।
घर-घरमा पूजापाठको सुरु भयो दियो बत्ति बाली ।।

पोहोर परार बिदाई गर्यो उराठ लाग्दो तिहारलाई ।
किन आउँछ तिहार आँशु झार्दै छन् बगैँचाको माली ।।

@स्मृति मोक्तान, जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया