काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहित ९ जना सचिवालयको पदाधिकारीहरु बैठकमा उपस्थित भएका छन् ।
शुक्रबारको बैठकमा पेश अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी छ । तर, त्यसका लागि केही दिनको समय ओलीले माग्ने तयारी रहेको स्रोतले जनाएको छ ।
यसअघि ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने नेताहरुसँग बताएका थिए । तर, विभिन्न छलफल र भेटवार्तापछि ओली छलफलमा बस्न तयार भएको जनाइएको छ । आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ ।
सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद् बैठक बस्ने जानकारी मन्त्रीहरुलाई हिजो साँझ दिइएको थियो । तर, मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारेका छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया