काठमाडौं । राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन यहि मंसिर ६ गते हुने भएको छ । यसै बिचमा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिबेशन यहि मंसिर ६ गते शनिवारका दिन सुन्दर पर्यटकीय नगरी पोखरामा हुन भएको हो ।
देश ब्यापी रुपमा जिल्ला तथा प्रदेश अधिबेशनको तयारीमा जुटेको राष्ट्रिय संगीतकर्मी संघका जिल्ला तथा प्रदेश अधिबेशनहरु धमाधम हुन सुरु भएका छन् । कोरोना कहरको कारण प्रतिनिधित्व मुलक रुपमा हुने प्रदेश अधिबेशनमा कास्की लमजुङ तनहुँ स्याङजा गोर्खा बाग्लुङ पर्बत म्याग्दी मुस्ताङ लगाएत प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुने कुराको जानकारी प्रदेश इन्चार्ज बिनोद ढकालले जानकारी दिनुभएको छ।
सबै जिल्लाको प्रतिनिधित्व हुने गरि नयाँ नेतृत्व समेत चयन गर्ने प्रदेश अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको महासचिव कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो । प्रदेश अधिबेशनमा केन्द्रको तर्फबाट महासचिव बिक्रम जङ शाह केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज बिनोद ढकाल केन्द्रीय सदस्य तथा चर्चित मोडेलर नायिका रिना थापा लगाएतको सहभागिता रहनेकुरा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले जनाएको छ ।
राष्ट्रिय संगित कर्मि संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले कोरोना कहरका बीच हुन गैरहेको दोस्रो गण्डकी प्रदेश अधिबेशनको भब्य सफलताको कामना गदै गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने राष्ट्रिय संगीतकर्मी संघमा आबद्ध हुनुहुने सम्पुर्ण कलाकर्मीहरु सहभागीताका लागी अनुरोध समेत गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया