साहित्यकार रविन शर्माको मार्मिक गीत “मेरी आमा” सार्वजनिक (भिडियोसहित..)

टोकियो । जापानमा रहेका साहित्यकार सर्जक रविन शर्माको शब्दमा रहेको मार्मिक गीत “मेरी आमा” सार्वजनिक गरेका छन् । आमाको सम्झनामा परदेशबाट साहित्यकार तथा सर्जक रबिन शर्माले गीति कोसेली मेरी आमाको भिडियो सार्वजनिक गरेका छन् ।
साहित्यकार शर्माका मुटु चिरिने मर्मस्पर्शी शब्द, सुरज थापाको सुमधुर आवाज र रामकृष्ण बम मल्लको सङ्गीतमा तयार पारिएको मेरी आमा गीतको भिडियो निर्देशन समेत सर्जक शर्माले गरेका छन् । गितमा आफ्नी बुढी आमालाई घरमा छाडेर परदेशिएका छोराको पीडा र व्यथालाई प्रस्तुत गरिएको छ । सर्जक शर्माको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा शर्माका साथै राजन राई र गोमा उपाध्यायको मुख्य अभिनय रहेको छ । गितमा सफल गायक सुर्य थापाको आवाज, रामकृष्ण बम मल्लको संगीत, श्रीकृष्ण बम मल्लको एरेन्ज रहेको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको महासचिव समेत रहनुभएका शर्माको शब्द र निर्देशनमा तयार गित सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया