जापान । प्रथम थाइ योकोहमा फुट्सल प्रतियोगिताको उपाधी नेपालीको क्लब फोरेक्स पनौती क्लबले हात पारेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै, फोरेक्स पनौती एफसि, ब्रदर युनाईटेड र काभ्रेली समाजले सहभागितासहित बिभिन्न देशको टिम गरेर २४ टिमको सहभागिता रहेको थियो ।
निकैनै रोमान्चक फाईनल खेलमा थाइल्याण्डको थाइ क्लबलाई १-० ले हराउदै फोरेक्स पनौती क्लबले उपाधी हात पारेको थियो । प्रतियोगिताको बेस्ट खेलाडि र बेस्ट कीपर बिजेता टिम फोरेक्स पनौतीका कमश् साजन प्रधान र कुश कार्की चुनिएका थिए ।
बिभिन्न देशको क्लबहरुले सहभागिता जनाएको प्रतियोगितामा प्रथमभै देश र नेपालीको नाम राख्न सफल भएकोमा नेपाल जापान फुट्बल संघले खुशीसहित बिजेता टिमलाई हार्दिक बधाई ब्येक्त गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया