एजेन्सी । बेलायतस्थित एक विश्वविद्यालयमा झण्डै एक सय वर्षदेखि हुंदै आएको नेपाली भाषाको पढाइ बन्द भएको छ । ‘स्कुल अफ अरियन्टल स्टडिज्’ ९सोआस्० यनिभर्सिटी लण्डनको नेपाली भाषा विभाग सम्हाल्दै आएका प्राध्यापक माइकल हटले अवकाश लिएपछि नेपाली भाषाको पढाइ नै बन्द भएको हो ।
युनिभर्सिटीमार्फत लामो समयदेखि नेपाली भाषाको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै आएका प्राध्यापक हटले दुई महिनाअघि अवकाश लिएका हुन् । सोहि विश्वविद्यालयमा नेपाली भाषाको विद्यार्थी र प्राध्यापकका रुपमा उनले झण्डै ४ दशक बिताएका थिए । सोआस् युनिभर्सिटीले जनशक्तिको अभावमा नेपाली भाषाको पढाइ बन्द गर्नुपरेको बताएको छ । युनिभर्सिटीको वेबसाइटमा ‘स्टाफ रिटायरमेन्ट’ को कारण नेपाली भाषाको पढाइ सञ्चालन गर्न नसकिएको उल्लेख छ ।
युनिभर्सिटी स्रोतका अनुसार झण्डै एक सय वर्षअघिदेखि नै सोआस् युनिभर्सिटीमा नेपाली भाषाको पठनपाठन शुरु भएको थियो । कुनै समय गोर्खा राइफल्समा समेत सेवा गरेका प्राध्यापक राल्फ एल टर्नरले सन् १९२० को दशकमा नेपाली भाषाको पढाइ शुरु गराएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया