नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आईतवार आज नोभेम्बर २९ तारिख एक जुम भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति घोषणा सम्पन्न गरेको हो ।
अधिबेशनबाट अध्यक्षमा कर्साङ तामाङ सर्वसहमति चयन हुनुभएको छ । महासंघ कान्तोको समितिका दुई उपाध्यक्षमा दिप लिम्वू र दिवस पुन मगर त्यस्तै सचिबमा बिनय गुरुङ चयन हुनुभएको छ । कार्य समितिको सह सचिव स्मृति मोक्तान ,कोषाध्यक्षमा प्रिन्स पुन चयन हुनु भएको छ । सदस्यहरु अभिसेक लिम्वू, रमेश पहरी ,रिन्जी शेर्पा ,कल्पना चेम्जोङ चयन हुनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा विभिन्न ब्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो ।
नव-निर्वाचित अध्यक्ष कर्साङ तामाङलाई एक कार्यक्रमकाविच एनआरएनए आइसीसीका ददिवल खड्का,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेफिन जापानका केन्द्रिय महासचिव शान्त पहरी लगाएत संघसंस्थाका प्रतिनिधिहरुले शसभकामना तथा बधाई दिनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया