काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी, उत्पादन र रोजगारीमा केन्द्रित भएर अर्थतन्त्रलाई अगाडि बढाइने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ ९सेजन० को २३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले कोरोनाले नेपालको अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि सरकारकासाथै निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय रुपमा लाग्नुपर्ने उल्लेख गरे ।
मन्त्री पौडेलले आफू नीजि क्षेत्रसंगै सहकार्यका लागि आतुर रहेको बताए । उनले अर्थतन्त्रमा परेका असर न्यूनिकरण गरी आर्थिक पुनरुत्थानका लागि ल्याएको सरकारले कार्यक्रम पर्याप्त नभएपनि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी बढीभन्दा गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण आर्थिक क्षेत्रमा परेको असर न्युनिकरणका लागि सरकार तथा निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रतिकुल अवस्थामा पनि केही सूचकहरु राम्रै देखिएकाले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा आर्थिक बिधामा कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया