जापानमा गुल्मीका अर्यालको असामयिक निधन, शनिबार दाहसंस्कार गरिने

टोकियो । जापानको खानागावा प्रान्तको योकोहामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । जापानको खानागावा प्रान्तको योकोहामा बस्दै आएका गुल्मीका यादव प्रसाद अर्यालको निधन भएको हो ।
कुक भिसामा रहेका अर्याल बिरामी भई उपचाररत थिए ।विगत १० वर्षभन्दा बढी समयदेखि जापान रहँदै आएका अर्यालको सोमवार राति उपचारको क्रममा अस्पतालमै निधन भएको गुल्मी समाज जापानका अध्यक्ष्ँ सालिकराम भण्डारीले जानकारी दिनुभयो ।
अर्याल जापानमा श्रीमती र दुई छोरासंगै बस्दै आएका थिए । उनको आउँदो शनिबार बिहान १० बजे जापानमैं दाहसंस्कार गरिने भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया