काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिको मंसिर १६ गते बसेको केन्द्रीय समितिको बैठकले संघको पाचौ राष्ट्रिय महाधिवेशन चैतको २८ र २९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय भएको छ ।
सकभर सातै प्रदेश र सबैजसो जिल्लाबाट प्रतिनिधित्व हुने महाधिवेशनको पुर्ब तयारी स्वरुप हाल धमाधम जिल्ला र प्रदेश अधिबेशनहरु हुने क्रम जारी रहेको छ। नेपाली कला र संस्कृति गौरबपुर्ण शान कलाकर्मीको उत्थानमा हाम्रो अभियान भन्ने मुल उद्गघोषको साथ २०६२ साल मंसिर १६ गते बिधिबत रुपमा दर्ता भएकै दिन मंसिर १६ गते पारेर भएको बैठकले संघका जिल्ला अधिबेशनहरु माघ २५ गते सम्म प्रदेश अधिबेशनहरु फाल्गुन १५ गते सम्म सक्ने गरि तयारी गरेको संघले आजिबन सदस्यता बितरण तथा साधारण सदस्यता बितरण तथा नवीकरण सक्ने निर्णय गरेको छ ।
साथै सम्पुर्ण जिल्ला अधिबेशन तथा प्रदेश अधिबेशन सम्पन्न गर्न जुटन आफ्नो जिल्ला र पाएक पर्ने जिल्ला तथा प्रदेशमा जुट्न सम्पुर्ण केन्द्रीय समिति प्रदेश समिति जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन जारी गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया