कास्की पोखरा समाज जापानको चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा सुवेदी चयन

टोकियो । कास्की पोखरा समाज जापानले चौंथो अधिवेशन आज डिसेम्बर ६ तारिख सम्पन्न भएको छ ।कास्की पोखरा समाज जापानको चौंथो अधिवेशन जुम प्रविधीबाट सम्पन्न भएको हो । जुम हलमा विकास श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनले विश्वप्रसाद सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । यसअघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका सुबेदीलाई अध्यक्ष चयन गरेको हो । चौथों अधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्षमा सन्देश अधिकारी, उपाध्यक्षहरुमा खड़गसिंह गुरुङ, सुरेश लामिछाने,कमल बाँस्तोला र अन्जु भण्डारी रहेका छन् ।
त्यसै गरी महासचिब बिष्णु भण्डारी,सचिबमा राजु पौडेल,कोषाध्यक्ष कृष्ण तिमिल्सिना,सह कोषाध्यक्ष मनोज तिवारी चयन भएका छन् ।
पोखरा समाज जापानको चौथौ अधिवेशनबाट निर्वाचत कार्यसमितिका सदस्यहरुमा पिताम्बर गौतम,रमेश दाहाल,जिवन गुरुङ ,राम लामिछाने,पवित्र पुन,भुपेन्द्र पराजुली,स्वस्ती क्षेत्री,धुब्र राज भट्टराई ,कुमाल सापकोटा ,गणेश न्यौपाने ,प्रदिप सापकोटा,नेत्रपाणि पौडेल,प्रविण थापा,नगेन्द्र भण्डारी चयन भएक छन् ।
कास्की पोखरा समाज जापानले यहाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया