‘हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

महिला सांसदहरुले महिला हिसा अन्त्यका लागि कानून बनाउनेसँगै भएका कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताएका न्छ ।

सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदहरुको छलफल कार्यक्रममा उनीहरुले कानून कार्यान्वयन भए÷नभएको भनी निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। सांसद बिन्दा पाण्डेले नागरिक तहमा पनि कानूनी सचेतना आवश्यक रहेको बताईन्।

सामाजिक सोच, संस्कार र व्यवहारमा परिवर्तन हुँदा मात्रै हिंसा अन्त्य हुने उनको भनाइ छ । अहिले धेरै स्थानीय तहमा महिला उपप्रमुखका रुपमा रहेको र प्रमुख रहेको स्थानमा पनि काम गर्ने वातावरण सहज नभएको उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले कानून धेरै बनिसकेकाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकार कसरी कार्यान्वयन गरिरहेका छन् भनी अनुगमन गर्नु महत्वपूर्ण भएको औँल्याईन् । प्रत्यक्ष निर्वाचनमा महिलाको कमजोर उपस्थिति देखिएकामा त्यो हटाउनुपर्नेमा उनको जोड छ ।

राष्ट्रियसभा सदस्य विमला राई पौडेलले महिनावारी मान्ने कुराको अन्त्य सांसद आफैँबाट शुरु गर्नुपर्ने आवश्यकता औँल्याईन् । राष्ट्रिसभा सदस्य प्रमिला कुमारीले महिलालाई पुरुषसमान सम्पत्ति, सम्मान र शक्ति भन्ने नै अहिलको मुद्दा भएको बताईन्। आपराधिक घटना अन्त्यका लागि पहिले कानून नै बलियो हुनुपर्ने उनको तर्क छ ।

छलफलमा सांसदहरुले राजनीतिक रुपमा नै हिंसा अन्त्य नभएसम्म तल्लो तहमा हुने हिंसाका गतिविधिमा न्यूनीकरण ल्याउन नसकिने बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया