एन्फाको बार्षिक साधारण सभा माघ पहिलो साता,राष्ट्रिय फूटबल टोलीका पुरुष र महिलाको समान तलब

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका सदस्यको तलब बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले महिला र पुरुष खेलाडीको तलब बढाएर मासिक १८ हजार रुपैयाँ पु¥याएको हो । नेपाली फुटबलमा पहिलोपटक पुरुष र महिला खेलाडीको समान तलब कायम गरिएको एन्फाले जनाएको छ । विश्वमा नै महिला र पुरुष खेलाडीको तलव समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केहि हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडी बढेको हो ।

यसअघि पुरुष खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँ तलब पाउँदै आएका थिए । एन्फाले बैंक खातामा रहेको पाँच करोड रुपैयाँ मुद्दती निक्षेपको ब्याजबाट आउने पैसाले खेलाडीको तलब भुक्तानी गर्दै आएको छ ।

यस्तै, बैठकले संघको बार्षिक साधारण सभा माघको ६ गते गर्ने निर्णय पनि गरेको छ । कोरोनाका कारण एन्फाले आफ्नो साधारण सभालाई सार्दै आएको थियो । तर अब भने माघको पहिलो साता गर्ने पक्का भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया