टोकियो । तमु धीँ जापानद्वारा “एकल नृत्य भिडियो प्रतियोगिता २०२०” गर्ने भएको छ ।
गुरुङ भाषा,भेषभुषा,संस्कार संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनको लागि गुरुङ समुदायको महान पर्व तमु ल्होसार २०२० को अवसरमा यसवर्ष एकल नृत्य भिडियो कन्टेस्ट २०२० गर्न लागेको हो ।
डिसेम्बर १२ तारिखदेखि भिडियो कलेक्सन गरेर २५ तारिखसम्मा संकलन सकेपछि निर्णायकहरुले मुल्यांकन गरेपछि डिसेम्बर ३० तारिख वेलुका ६ बजे टोकियोस्थित चौतारो रेष्टुरेन्टको हलबाट मातृसन्देश डटकमको पेजबाट प्रत्यक्ष प्रसारण गरि विजेताको घोषणा गर्ने भएकोले आफ्नो नाम दर्ता गरि सहभागि हुन संस्थाका महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
नृत्य पारखी र ईच्छुक महानुभावहरुले “एकल नृत्य भिडियो कन्टेस्ट २०२०” देश तथा विदेशबाट जुनसुकै जातजाति, लैंगिक र उमेर समुहले प्रतियोगितामा भाग लिन सक्नुहुनेछ तर गीत तमु भाषाकै हुनुपर्ने संस्थाका अध्यक्ष सौगात गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिहरुले armangurung8@gmail.com वा +818045158895 को whatsapp & viber मा आफ्नो भिडियो पठाउन सकिने अध्यक्ष गुरुङले जानकारी दिंदै यो कोरोना कहरको जटिल अवस्थामा आफु रहेको विश्वको जुनसुकै ठाउँबाट पनि भिडियो पठाएर सहभागीताको लागि अनुरोध गरेको छ ।
तमु धीं जापानले विगतका वर्षहरुमा विविध कार्यक्रम गरि भव्य र सभ्य तरिकाले मनाउँदै आईरहेको तमुहरुको महान पर्व ल्होसार यसपटक भने विश्व जगत हलचल मच्चाउने गरि बढिरहेको कोभिड-१९ को कारण विगतका वर्षहरुमा जस्तै भौतिक उपस्थित जनाई भव्य कार्यक्रम गर्न नसकेकोले यसपटक “एकल भिडियो नृत्य प्रतियोगिता” गर्न लागेको कार्यक्रम संयोजक एवं उपाध्यक्ष आरमान तमुले बताउनुभयो ।
यस एकल नृत्य भिडियो प्रतियोगितामा जुन बिधीमा नृत्य गरेपनि तमु भेषभूषा र तमु भाषाको गीतलाई प्राथमिकतामा दिई एक चरणमैं नतिजा प्रकाशन गरिने तमुधीं जापानले जनाएको छ ।
तमु धीं जापानद्वारा आयोजित एकल नृत्य भिडियो प्रतियोगिता २०२० का लागि
नियमहरु :-
१ विश्वभर छरिएर रहेका जुनसुकै जातजाति, लैंगिक र उमेर समुहले प्रतियोगितामा भाग लिन सक्नुहुनेछ तर जुन बिधीमा नृत्य गरेपनि तमु भेषभूषा र तमु भाषा हुनुपर्ने छ ।
२ नतिजा एक चरणमै घोषणा गरिनेछ ।
३ एडिट गरेको भिडियो मान्य हुने छैन ।
४ नृत्य भिडियो २ देखि ३ मिनेट सम्मको हुनुपर्नेछ ।
५ प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार निर्णायक मण्डल र आयोजकमा रहनेछ ।
पुरस्कारहरु :-
प्रथम पुरस्कार – ३०,००० येन
दोस्रो पुरस्कार – २०,००० येन
तेस्रो पुरस्कार – १०,००० येन

फेसबुकबाट तपाइको प्रतिक्रिया