जापानमा कोरोनाको आपतकालमा सहयोग गर्नेलाई प्रशंसा पत्र दिएर सम्मान गर्ने

टोकियो । नेपाली समुदाय कोभिड १९ आपतकालिन सहयोग समितिू ले गरेका गतिविधिहरुमा जापानमा कोरोनाको आपतकालमा सहयोग गर्नेलाई प्रशंसा पत्र दिएर सम्मान गर्ने भएको छ ।
कोभिड १९ को महामारीमा सहयोग गर्ने सहयोगीहरुलाई नेपाली रादुतावास जापान र एनआरएनए जापाले सम्मान गर्ने एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले जानकारी दिनुभयो ।
डिसेम्बर १२, को दिन नेपाली रादुतावास जापान, एनआरएनए जापान लगायत जापानस्थित सकृय संघ संस्थाहरुको संयुक्त अनलाइन बैठक राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्य तथा एनआरएनए जापान अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको थियो । बैठक विशेषगरी नेपाली समुदाय कोभिड १९ आपतकालिन सहयोग समितिले गरेका सम्पूर्ण गतिविधिहरुको अभिलेख निर्माण समितिले तयार गरेको रिपोर्ट लगायत समसामयीक विषयहरुमाथि छलफल केन्द्रित रहेको थियो । राजदुत राणाले जापानमा कोभिड १९ को वर्तमान अवस्थाको वारेमा जानकारी दिनु भएको थियो साथै यस समितिले गरेको बिभिन्न कार्यहरु समेटी अभिलेख तयार गर्ने अभिलेख निर्माण समिति, सम्बन्धित सबै पक्षलाइ धन्यवाद दिनु भएको थियो ।

त्यसैगरी एनआरएनए जापान अध्यक्ष देविलाल भण्डारीले जापानमा नेपाली दुतावास र एनआरएनए जापान र अन्य संघ संस्थाहरुको सहकार्यमा गरीएको यो महत्त्वपूर्ण कार्यको अभिलेख निर्माण गर्ने कार्य पहिलो चोटी भएको र यसले आगामी दिनहरुमा दुतावास, एनआरएनए अन्य सकृय संघ संस्था विचको सहकार्यको उदाहरणीय दस्तावेजको रुपमा काम गर्ने बताउनु भयो । साथै पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले, सल्लहाकार बेलुकाजी थापा,चितवन समाज जापान अध्यक्ष राजन कुमार श्रेष्ठ लगायतले उक्त अभिलेख माथि आफ्नो धारणा राख्नु भएको थियो ।
उक्त अभिलेख परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई र जापानको विभिन्न निकायमा भएको छ भने अभिलेख निर्माण समिति संयोजक जिज्ञान कुमार थापाले उक्त अभिलेखको प्रस्तुति गर्नु भएको थियो।

बैठकमा भएका निर्णय
१) “नेपाली समुदाय COVID -19 आपतकालिन सहयोग समिति” अन्तर्गत भयगरेका हरेक कृयाकलापमा सहयोग पुर्याउने ब्यक्ति संघ संस्थाहरु लाई नेपाली दुतावास जापान र एनआरएनए जापान को तर्फ़ बाट प्रशंसा पत्र वितरण गर्ने।
२) “नेपाली समुदाय COVID -19 आपतकालिन सहयोग समिति” को कार्यविधि अनुरुप उक्त समिति अहिले “नेपाली समुदाय आपतकालिन सहयोग समिति” मा परिवार्तन भएको र यस समितिले COVID -19 लगायत अन्य भैपरी आउने विषय वस्तुमाथि कार्य गर्ने भएकोले अहिलेको तयार भएको अभिलेख छुटहुन गएका कार्यहरुको विवरण सहित थप गरी अभिलेख २ तयार गर्ने पनि निर्णय गरेकोछ।
३) COVID -19 लगाएत जापान नेपाली समुदायमा भैपरी आउने बिभिन्न समस्या र अन्य योजनाहरु यसै “नेपाली समुदाय आपतकालिन सहयोग समिति” अन्तर्गत निरन्तरता दिनेमा पनि सबैको सहमति रहेको थियो।
साथै उक्त रिपोर्ट यसै माइन्युट साथ संगलग्न गरेकोपनि जानकारी गराउछु।

धन्यवाद।

फेसबुकबाट तपाइको प्रतिक्रिया