लेस्चरको सानदार जित

इङलिस प्रिमियर लिगमा लेस्चर सिटीले सानदार जित निकालेको छ ।

आइतबार राती घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा लेस्चरले ब्रिगटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्चरले सबै गोल पहिलो हाफमा गरेको थियो । खेलको २७ औँ मिनेटमा भार्डीको पासमा जेम्स मेड्डिसोनले गोल गर्दै लेस्चरलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा जेम्स जस्टिनको पासमा जेमी भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारेका थिए ।

४४औं मिनेटमा भार्डीकै पासमा म्याडिसनले गोल गरेपछि लेस्टरले लेस्चरले खेलमा ३-० गोलको अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा लेस्चर सिटी विजयी भएको हो । जितसँगै लेस्चर १२ खेलमा २४ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया