सुदन राईले कर्मथलो जापानबाट ल्याए “तिमि बिना” बोलको नयाँ म्यूजिक भिडियो

टोकियो । जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएका युवा गायक सुदन राईले नयाँ गित बिमोचन गरेका छन । गितमा फिमेलमा साथ दिएकी छिन गायीका रोकेमी राईले, यो गीत यहि शनिवार जापानको टोकियोमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । तिमी बिना बोलको गीतको म्यूजिक भिडियोलाई मेरोअनलाईन टिभी नामक युट्युब च्यानलबाट शनिबार नै सार्वजनिक गरिएको हो ।
लिखु सहयात्रीद्धारा लेखिएको गीतलाई संगीत र एरेन्ज देबेस राईले गरेका छन् । त्यस्तै गीतको म्यूजिक भिडियोलाई ओमप्रकाश गुरुङले निर्देशन र छायाङ्कन गरेका छन् । प्रवीन हिराचनले सम्पादन गरेको भिडियोकी मेकअप आर्टिस्ट भने सयिका राई हुन् ।
सरोज लीको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोमा ‘मक्की’ नाम गरेका एक जापानी कलाकारसहित सपना तामाङ, सयीका राई, जेसी माम्बा, एलेक्स कँडेललगायतले अभिनय गरेका छन् ।
म्यूजिक भिडियो भने जापानमा नै छायाकन गरिएका हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया