जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को यही आउँदो जनवरी २३ र २४ मा हुने विशेष महाधिवेशनमा प्रतिनिधि लागि फारम खुलेको छ । एनआरएनए आइसीसीको अनलाईनको माध्यमबाटको हुने विशेष महाधिवेशनमा प्रतिनिधि लागि फारम खुलेको हो ।
विशेष महाधिवेशनमा प्रतिनिधि रुपमा सहभागिताको निम्ति २०१९ को ९औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन् २०२१ जनबरी १ तारिखसम्म फाराम भरि सकेको हुनु पर्ने भन्ने आइसीसीको परिपत्र अनुसार यो सूचना प्रकाशित गरिएको एनआरएनए जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । साथै ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुको नाम लिस्ट यसै सूचनाका साथ राखिएको र उक्त लिस्टमा रहेका सम्पूर्ण पंजीकृत सदस्यज्यू हरुलाई तोकिएको समय भित्र फारम भरि पठाउन हुनपनि अनुरोध गरिएको छ ।
साथै उक्त फारम र पनि यसै सूचनाका साथ रहेको जानकारी एनआरएनएले गराएको छ । महाधिवेशनको लागी दर्ता गराएका प्रतिनिधिहरुलाई मात्र आइसीसीले सहभागिताको निम्ति Link, meeting ID तथा passcode उपलब्ध गराउने जनाएको छ ।
एनआरएनए आइसीसीको विशेष महाधिवेशनमा प्रतिनिधि लागि फारमको लिंक

फेसबुकबाट तपाइको प्रतिक्रिया