जापान । नेकपा दुई समुहमा विभाजित भएपछी ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी प्रवास संगठन जापान प्रवासी नेपाली एकता मंच पुन:गठन गरेका छन ।
जापानमा जनवरी ३ तारिख आइतबारका दिन, प्रवासी नेपाली एकता मंच जापानलाई पुनर्गठन गरिएको हो ।
पुनर्गठित कमिटिको अध्यक्षमा सुरेश केसी र सचिवमा डा. सरोज कंडेल सहित ३५ सदस्य कमिटी निर्माण गरिएको सचिब डा.सरोज कँडेलले जानकारी दिनुभयो ।
प्रवासी नेपाली एकता मंच जापानको अध्यक्ष हवल चन्द्र लामा नेकपा प्रचण्ड-नेपाल समुहमा खुलेर लागेपनि सचिब सालिकराम भण्डारी मौन रहेका छन ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यास मार्फत ताजा जनादेशमा जाने कदमको नव पुन:गठित कमिटीले एक विज्ञप्ति प्रकाशनगरि स्वागत गरेको छ ।
पुन:गठित कमिटीको पदाधिकारीहरुलाई आज जनवरी ५ तारिख साँझ नेकपाका प्रवास संयोजक राजन भट्टराईले भर्चुअलमार्फ़त शपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया