जापानबाट नेपाल स्वयमसेवक पठाउन शुरु गरेको ५० वर्ष पुरा

जापान । जाइका मार्फत जापानबाट नेपाल स्वयमसेवक पठाउन शुरु गरेको ५० बर्ष पुगेको छ । ५० बर्ष पुगेको अवसरमा जाइकाले आयोजना गरेको फोटो प्रदर्शनीमा खानागावा नेपाली कम्युनिटिले पनि कम्युनिटिले गरेका काम र सहयोगको परिचय पनि फोटो प्रर्दशनीमा राखिएको छ ।

प्रदर्शनीमा नेपाली कम्युनिटिले स्थापनाकाल देखि गरेका कामहरु समस्यामा परेका नेपालीलाइ गरेको सहयोग,जापानीलाइ खुवाएको नेपाली खाना,नेपाली आमाहरुसंगको सेमिनार,लगाएतका सहयोग र सामाजिक कामको फोटोहरु रहेका छन् । खानागावा नेपाली कम्युनिटिको परिचय सहितको कामको फोटो प्रदर्शनीमा देख्दा आगामी दिनमा जापानी र नेपालीका लागी सहयोग साथ र काम गर्न हौसला मिलेको कम्युनिटिका अध्यक्ष हरि सापकोटाले बताए ।

प्रदर्शनीमा नेपालमा स्वंयमसेवकको रुपमा पुगेका जापानीले नेपालमा देखेका कुरा र नेपाली संग बिताएका समयका र दैनिकीका तस्विरहरु राखिएका छन् ।

खानागावाको होंगोदाइ रेल स्टेशन नजिकै रहेको अर्थ प्लाजाको हलमा भईरहेको फोटो प्रदर्शनी जनवरी ११ तारिकबाट सुरु भएको हो भनेँ यो १७ तारिक आइतबार सम्म चल्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया