काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मिस मंगोल २०१८ को ताज बिजेता ज्याङमु शेर्पा बिहे हुने भएके छ । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा विहे हुँदैछ ।
मिस मंगोल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।
प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी छन् ।
मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।
२७ वर्षको उमेरमै २०५६ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया